देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गर्नुभएको छ ।

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उहाँले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गर्नुभएको हो ।

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेख्नुभएको छ, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

https://twitter.com/GokulPBaskota/status/1549951315216072706

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?