✍️ सुरेशकुमार भट्ट
गत भदौ २४ गतेको अंकबाट क्रमशः
११-पश्चिमतिर पेनी वा पैसा पाउनु भाग्य हो भन्छन् । त्यसमा पनि टाउको सिधा परेको मूर्तिपट्टिको पाउनु झन् अहोभाग्य हो तर त्यसरी पाएको पैसा अरूलाई दियो भने भाग्य जान्छ अपशकुन हुन्छ भन्ने चलन पश्चिममा युरोपदेखि अमेरिकासम्मै छ । नेपालमा बाटामा पैसा पाउनु भाग्य हो तर कसैले ग्रह फालेको, मान्छे मर्दा बुर्कीसँगै बाटोमा टिलो फालेको भने टिप्यो भने दुर्दशा लाग्छ वा अनिष्ट हुन्छ भन्ने चलन छ । तर स्वभाविक पाएको पैसा खर्च नगरी जतनसँग राख्ने चलन पनि छ । किनकि पैसा पाएपछिको परिणाम के होला राम्रो नराम्रो भनेर हेरिन्छ । स्वप्नामा पैसा पाएको नराम्रो ग्रहदशा लागेको भन्ने गर्छन् तर धनकी देवी लक्ष्मी देखेमा भोलिपल्ट पैसा पाइन्छ भन्ने विश्वास गर्छन् ।
१२-पश्चिमका इण्डो युरोपियन क्याथोलिक सम्प्रदाय/बेलायततिर काठमा ढकढक गर्न हुँदैन अनिष्ट हुन्छ भन्नेमा विश्वास गर्छन् । किनकि कतिपय रूख शुभ लाभ दिने हुन्छन् भने कतिपय अनिष्ट दुर्भाग्य निम्त्याऊने हुनाले जादुगरी पनि हुनसक्छ तसर्थ ढकढक गर्नु हुँदैन भन्ने गर्दा रहेछन् । कुनै काठ शक्ति दिने र कुनै शक्ति नष्ट गर्ने हुन्छन् । बेलायतमा अझै ‘टच उड’ भन्ने चलन कायमै छ ।
बिहानै उठेर बिग्रिएको भत्किएको फुटेको कुनै पनि कुरा हेरे त्यसले मानिसको मनमा त्यस्तै टुटफुटको दुर्भाव उत्पन्न गरिदिन सक्छ भनेर घरअगाडि खाल्डाखुल्डी राख्नु हुँदैन दुर्भाग्य आइलाग्छ । त्यसैले सबै पुरेर सम्म बनाउनुपर्छ भन्ने गर्छन् ।
अब नेपालको चर्चा गरौं । नेपालमा पनि काठ रूखहरूमा अनिष्ट र विशिष्ट मानिएका धेरै छन् । तीमध्ये केहीको चर्चा गरौं । टुनी काठ राम्रो रातो र सेतो हुन्छ । रातो चाँप भनेर व्यापारीले झुक्याउने पनि गर्छन् । जसलाई घरबाहिरको कुनै पनि फर्निचर दराज आदिका लागि अति सुन्दर हुन्छ अशुभ मानिँदैन तर घरभित्र रूखको जरा पुगोस् कि काठ भिœयाइयोस् राजदरबार महल चन्चला श्री जे भए नि नष्ट गराएर नांगो पारिदिन्छ भन्ने कथा छ त्यसैले ‘राम्रो देखेर टुनी घरमा नल्याउनु, मीठो बोल्यो भनेर खुनीको संगत नगर्नु’ भन्छन् ।
चाँप जुन कुनै पनि कामका लागि, अग्राख, साल, साझ, घरका लागि, सिसौ, बकाइनो फर्निचर, गोरसका लागि भाँडाकुँडामा दार, खयर साधन, एकथरी रूखको काठ हुन्छ जुन रात परेपछि कराउँछ मधुस होस् वा ढोका किनकि गर्मीमा खुम्चिने र जाडोमा फुक्ने गर्छ अर्थात् बर्खामा लाउनै गाह्रो हुन्छ । के काठ हो ?
१३-अफ्रिकन र युरोपियनहरू घर अगाडि आँगन, इटा वा पछाडि आँगन, इँटा ढलान फुटेको छ र हिँड्यो भने अनिष्ट हुन्छ पृथ्वी पनि आमा हुन् फुटेको फाटेको बाटो हिँड्नु हुँदैन किनकि आमाको आँगमा हिँडेको भाँचेको जस्तो हुन्छ भन्नेमा विश्वास गर्दछन् । अब हामी र हाम्रो समाजको यस विषयमा के धारणा छ त नि ? फुटेको आँगन अनिष्टको संकेत हो । बिहानै उठेर बिग्रिएको भत्किएको फुटेको कुनै पनि कुराले मानिसको मनमा त्यस्तै टुटफुटको दुर्भाव उत्पन्न गरिदिन सक्छ भनेर नै घरअगाडि खाल्डाखुल्डी राख्नु हुँदैन दुर्भाग्य आइलाग्छ । त्यस्तै खण्ड खाल्डातिर हुन्छ । त्यसैले सबै पुरेर सम्म बनाउनुपर्छ भन्ने गर्छन् ।
१४-घोडाको टाप पाउनु शुभलाभ मानिन्छ । युरोपियनहरू घोडाको टाप पाउनुलाई भाग्योदय मान्दछन् । अझै त्यसमा सातवटा किलाका प्वाल हुनु त भाग्य चम्किनु हो भन्ने ठान्छन् । किनकि युरोपियनहरू सातलाई भाग्यदयो शुभ अंक मान्छन् । सात हामीकहाँ पनि शुभ सूचक मानिने बारेमाथि नै चर्चा भइसकेको छ । घोडालाई नेपालीहरू र हिन्दू जातिले पनि भगवानको एक अवतारकै रूपमा मानेका छन् । त्यसैले घोडाको टापको फलामको टुक्राबाट अनिष्ट ग्रह शान्ति हुन्छ र रक्षा हुन्छ भनेर चुरी वा पञ्चरत्न बनाएर लगाउने गरेको पाइन्छ । घरमा अनिष्ट नहोस् भनेर भूतप्रेत आदिबाट बच्न घोडाको टाप राख्ने चलन छ ।
१५-पुराना क्रिश्चियनहरू औंला खप्ट्याउनुलाई राम्रो र शुभशकुनको रूपमा अनि मेलमिलाप र सहयोगको निशानीको रूपमा लिने गर्छन् । त्यसैले अर्को मानिसँग खप्ट्याउनु त झन् सहयोगी वृद्धि हुनेमा विश्वास गर्छन् । यसो हुँदा सम्बन्ध मजबुत हुन्छ भन्नेमा विश्वास गर्छन् । अब हामीमा के छ त नि ? औंला घटी भएको राम्रो मानिँदैन तर औंला धेरै भएको र त्यो पनि खापिएकोलाई हामीकहाँ पनि राम्रै मानिन्छ तर त्यस्तो मान्छे बहुतै मिहिनेती र दुःखी हुन्छ तथापि धनी हुन्छ भनिन्छ । हाँगे औंला भएका मानिस हाँगा झैँ नै हुत्तैमाथि र हृवात्तै तल पुग्छन् भनिन्छ तर आर्जनले गर्दा मोजमजामै बस्छन् । छोरी मान्छेको गोडाको कान्छी औंला अर्कोमा खापिएको छ भने त्यो व्यभिचारको संकेत मान्छन् ।
सूर्यलाई दर्शन गर्दा, अर्घको दर्शन गर्दा, फुकफाक उल्टा सुल्टा गर्दा, औंला खापिन्छ त्यसै गरी आनवान खेल्दा, चिमुसी खेल्दा पनि औंला खप्ट्याइन्छ, तान्त्रिक विधिले सम्पुटित गर्दा विभिन्न मुद्रामा औंला खप्ट्याइन्छ, यौनिक संकेत स्वरूप योनी मुद्रामा देवीको दर्शन गरेर खुशी बनाइन्छ । गाली दिँदा पनि औंला खप्ट्याइन्छ, कन्यादान लिँदादिँदा पनि औंला खप्ट्याइन्छ, कतिपय संकेतमा औंला खप्ट्याएर संकेत गरिन्छ । प्रेम प्रणय र यान्त्रिक तान्त्रिक कार्यमा समेत औंला खप्ट्याइन्छ ।
१६-टर्किसहरूमा रातीमा कसैले चुइगम चपायो भने मुर्दाको मासु चपाए जस्तो हुने हुनाले भूतादिको भय हुने विश्वास गर्छन् । अब हाम्रैतिरको कुरा सुती सुती नखानु अर्को जुनिमा सप भइन्छ, हात टेकेर नखानु छोरो मर्छ, चुइगम वा अरू खानेकुरा मुखमा राखेर नसुत्नु आदि भन्ने गरिन्छ ।
१७-चीनमा चारलाई अशुभ मानिन्छ किनकि चारलाई ‘नो नो’ भन्छन् । यसको अर्थ हुन्छ मृत्यु तसर्थ चार उच्चारण गर्न मन पराउँदैनन् । हाम्रामा पनि सुन्दा एकार्थ तर बुझ्दा भिन्नार्थ शब्दहरू छन् तर-बनचरो-वनचरो, खाजा-खा जा आदि ।
१८-भेरोना इटालीमा जुलियटलाई ‘भिया केपोलो २३’मा आगन्तुकहरूले प्रेमपत्र लेख्छन् र जुलियटको मूर्तिको दाहिने स्तनमा रगड्छन् किनकि यसो गर्दा जुलियटको आशीर्वाद पाइन्छ भन्ने विश्वास गरिआएका छन् । अब हाम्रो कुरा-नाटकमा नृत्यमा साधना गरिरहेकाहरू नाट्टेश्वर महादेवको दर्शन गर्छन्, विद्यार्थीहरू सबै सरस्वतीको आराधना गर्छन्, प्रेमप्रणयका लागि शिवपार्वतीको पूजन गर्छन् । सन्तान नहुनेले सन्तानेश्वर महादेवको, अनि कामेच्छा शान्त गर्न र पतिपत्नीमा कामसुख भोगको सन्तुष्टिका लागि भैरवको लिंग स्पर्श र कामारू कामाक्क्ष्यको दर्शन पूजन गर्छन् ।
हाम्रो परम्परामा कुचो कुल्चन र घरबाहिर राख्न हुँदैन भन्ने छ किनकि कुचोलाई धनकी लक्ष्मीको रूपमा लक्षित गरिन्छ । कुचो ठडियो भने पाहुना आउँछन् । कुचो हातबाट खस्यो भने कुनै अनिष्ट हुँदैछ भन्ने संकेत हो भनिन्छ ।
१९-भूमध्यरेखीय, मध्यपूर्व र दक्षिण एशियामा मान्छेको आँखा लाग्छ भन्ने विश्वास गर्दछन् जसलाई इभिल आई भन्छन् । जसलाई नजर लाग्नु आँखा लाग्नु भन्दछन् । भारत, नेपाललगायत देशमा नजर बोक्सी पनि भन्छन् । आँखा पर्छ, चोखे लाग्छ भन्ने जस्ता विश्वास अध्यावधि जनमानसमा भेटिन्छ ।
२०-चाइनिजहरूले चारलाई ‘नो नो’ मृत्युलाई पनि नो नो भनिने हँुदा चारको गन्ती मुखले नभने जस्तै जापानीहरूले ‘थम्बֹ’ को अर्थ हो ‘प्यारेन्टस फिंगर’ तसर्थ पितृ नमरून् मृत्यु नहोस् चिहानमा नपरून् भनेर बुढीऔंला हत्केलाभित्र चेप्ने गर्दछन् ।
यस्ता कुरा हामीकहाँ पनि प्रशस्तै छन्-
बाबुआमा हुनेले जुँगा काट्नु हुँदैन बाआमा चाँडै मर्छन् भन्ने मानिन्छ । जति जँगा नकाटी राख्यो त्यत्ति बाउआमाको आयु बढ्छ भन्छन् ।
२१- कतै अंक फाप अफाप कतै रंग फाप अफाप छन् । हामीकहाँ कलेजी रंग मायाप्रेमको संकेत, रातो गाढा प्रेमिल वा क्रान्तिको संकेत वा शुभसंकेत, कालो विरोधको संकेत, सेतो शान्तिको संकेत र पँहेलो मिलनको संकेत भनिन्छ तर रसियामा पँहेलोलाई समस्यागत रूपमा लिने चलन छ। किनकी बैमनस्य, छुटानाम र म्रित्युसम्मको रूपमा लिने गर्दछन् । त्यसैले रसियामा पहेंलो अशुभ मानिन्छ ।
२२-कुचोलाई वास्तवमा संसारभरि सफाइको प्रतीकको रूपमा लिइन्छ तर दक्षिण अमेरिकाको ब्राजिललगायतमा यदि कसैले गोडामा बढार्यो भने ऊ जीवनभर एक्लै बस्नुपर्छ भन्ने विश्वास छ । त्यसै गरी जुन आइमाई घर सुग्घर सफा राख्दिन त्यो आइमाई असल गृहिणी हुन सक्दिन भन्ने परम्परागत भनाइ छ ।
अब नेपालमा आऊँ-हाम्रो परम्परामा कुचो कुल्चन र घरबाहिर राख्न हुँदैन भन्ने छ किनकि कुचोलाई धनकी लक्ष्मीको रूपमा लक्षित गरिन्छ । कुचो ठडियो भने पाहुना आउँछन् । कुचो हातबाट खस्यो भने कुनै अनिष्ट हुँदैछ भन्ने संकेत भनिन्छ । कुचोले ओच्छ्यान बढार्यो भने बुद्धि र धन दुवै बढारिन्छ भन्ने मान्यता छ । छोरीलाई सबै थोक दिन मिल्छ तर कुचो, खरानी, दियो र पिठो दिन मिल्दैन हुँदैन माइती बढारिन्छन् भन्ने मान्यता छ । कुचो दैलाठेलामा पूजा गरेरमात्र काटिन्छ । टुप्पो बाहिर र कुचोभित्र फालिन्छ । त्यसैले त कुल्चिएमा ढोग्ने चलन छ । समान रूपका केही मिल्यो भने पनि कुचै काटेजस्तो भन्छन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच