प्रि-सिजनको खेलमा सिटीको जित

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । केभिन डि बु्रएनाको दुई गोलको मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रि-सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । सिटीले मेक्सिन क्लब अमेरिकामाथि दुई/एकको जित हात पारेको हो । सिटीका लागि दुवै गोल ब्रुएनाले गर्दा क्लब अमेरिकाका हेनरी मार्टिनले गोल फर्काउनुभयो ।

खेलको ३०औँ मिनेटमा केभिन डि ब्रएनाको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । ४३औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । त्यसको दुई मिनेटपछि नै बु्रएनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा दुई-एकले खेल जितेको हो ।

प्रि-सिजनको अर्को खेलमा आर्सनलले जित र चेल्सीले हार बेहोरेका छन् । आर्सनलले ओर्लान्डो सिटीमाथि तीन–एकको सहज जित निकालेको हो । आर्सनलको जितमा गाव्रियल मार्टिनेली, इडवार्ड एनकेटिया र रेइस नेल्सनले गोल गर्दा ओर्लान्डोका फकुन्डो टोरेसले एक गोल फर्काउनुभयो ।

खेलको पाँचौँ मिनेटमा गाव्रियल मार्टिनेलीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । २९औँ मिनेटमा फकुन्डो टोरेसले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ६६औँ मिनेटमा इडवार्ड एनकेटियाले तथा ८०औँ मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई सहज जित दिलाउनुभयो ।

प्रि-सिजनमा आर्सनलको यो लगातार तेस्रो जित हो । यसअघि आर्सनलले जर्मन क्लब नर्नवर्गलाई पाँच-तीनले तथा प्रिमियर लिग प्रतिद्वन्द्वी एभर्टनलाई २-० ले पराजित गरेको थियो ।

अर्काे खेलमा इंग्लिस क्लब चेल्सीले चार्लाेट एफसीसँग टाइब्रेकरमा पाँच-तीन गोल अन्तरको हार बेहोर्‍यो । निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइँदा घरेलु टोलीले बाजी मारेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?