काठमाडौं । अनलाइन बजार दराजले वार्षिक अभियान दराज महाबचत बजार सुरु गरेको छ । अभियानको मुख्य उद्देश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १५ सय रुपैयाँसम्मको छुट, सात हजारसम्मको भौचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ ।
अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भअन्तर्गत दराजका ग्राहकले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत अर्थात अधिकतम एक हजार र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत अर्थात् अधिकतम १५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकले छुट पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै ई-सेवा वालेटमार्फत भुक्तानीमा सीमित अवधिका लागि १० प्रतिशत अर्थात अधिकतम एक हजारसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ, जसमार्फत ग्राहकले कुनै पनि पुरस्कार एक रुपैयामै जित्ने सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच