काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रामग्राम ५, परासी, नवलपरासीस्थित आदर्श माध्यमिक विद्यालयलाई सौजन्यस्वरूप सुरक्षित खानेपानीका लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणका लागि १५ थान डस्टबिन तथा १२ थान मगलगायतका सामान प्रदान गरेको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारलगायत क्यापिटलका अन्य पदाधिकारी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषिराम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत् धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच