काठमाडौं– प्राय धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला । कुकुर पाल्न धेरैलाई मन पर्छ । मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ । कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ ।
यता रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ ।
यस्ता छन् कुकुर पाल्दा हुने फाइदा:
- मुड राम्रो बनाउन साथ दिन्छ ।
- बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ ।
- कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउँछ ।
- मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधैँ प्रोत्साहित गर्छ ।
- मानिसलाई सक्रिय बनाउँछ ।
- हृदयाघात हुनबाट जोगाउँछ ।
- कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् ।
- घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् ।
- दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ ।
- जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।
एजेन्सीकाे सहयाेगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच