आर्यनले ‘सायरा’मा काम गर्ने

Read Time = 3 mins

काठमाडौं । अभिनेता आर्यन सिग्देलले नयाँ चलचित्र ‘सायरा’मा काम गर्न लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँले आइतबारमात्र निर्माण कम्पनि डि.बि.आर.मिडिया एण्ड मुभिज प्रालिसँग चलचित्र गर्ने लिखित सम्झौता गर्नुभएको हो ।

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित हुनुभएको हो । उहाँले सुहाउँदो क्यारेक्टर पाएपछि चलचित्र गर्ने सम्झौता गरेको बताउनुभएको छ ।

आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रका प्रस्तुतकर्ता रघुले दशैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइनेछ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’

उहाले चलचित्रको अन्य कास्ट एण्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताउनुभयो । चलचित्रमा कथा उहाँकै रहेको छ । निर्देशन भने उहाँले भारतीय रहने बताउनुभयो । ‘हामीले लाइन-अप पूरा भएपछि पूर्णरूपमा जानकारी दिने छौं । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन् । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौं’, प्रस्तुतकर्ता रघुले बताउनुभएको छ ।

उहाँले चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताउनुभयो । चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उहाँले जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?