‘बैंक व्याजदर घट्दैन’

Read Time = 2 mins

भक्तपुर । नेपाल राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्टले बैंकको व्याजदर नघट्ने बताउनुभएको छ । आयातलाई निरुत्साहित गर्न पनि राष्ट्र बैंकले व्याजदरमा कडाइ गरी व्याजदर बढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । भक्तपुर उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकद्वारा जारी चालु आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी सोमबार आयोजित अन्तरक्रियामा उपनिर्देशक भट्टले आयात कडाइकै लागि मौद्रिक नीतिमार्फत् साढे एक प्रतिशत व्याजदर वृद्धि गरिएको बताउनुभयो । व्याजदर बढेपछि उपभोक्तामा क्रयशक्ति घट्ने र आयातित सामान खरिदमा कमी आउने उहाँको भनाइ छ ।

उपनिर्देशक भट्टले नेपालको आर्थिक अवस्था श्रीलंकाजस्तो कमजोर नहुनेमा ढुक्क रहन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल श्रीलंकाजस्तो हुन्छ भन्नु ओभर इस्टमेट हो, अहिलेकै अवस्थामा त्यस्तो हुनै सक्दैन, श्रीलंकामा क्यान्सर नै भएको थियो तर नेपालमा रुघाखोकीमात्रै लागेको हो ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापारघाटा हुन नदिन आयातमा कडाइ सही निर्णय भएको बताउनुभयो । संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णमुरारी न्यौपानेले मौद्रिक नीतिबाट व्यापारीले लिन सक्ने फाइदाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धोवञ्जा, महासचिव दिनेश गोसाईंलगायतले मौद्रित नीतिका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?