गणेशको गीतसंग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्बम ‘रहरका फूलहरू’ विमोचन

Read Time = 2 mins

काठमाडौं । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसंगग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्बम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो ।

गीतकार संघका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुंगाना, रमेश पौडेललगायतले कृतिहरूको विमोचन गर्नुभएको थियो । गीतिएल्बम ‘रहरका फूलहरू’मा दीपक जंगमको एकल संगीत रहेको छ ।

गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राख्नु भएको कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जंगमले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँहरूले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिनुभएको थियो । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रममा संगीतकर्मी, कलाकर्मी, पत्रकार तथा परिवारजन एवं शुभचिन्तकज्यूहरूको बाक्लो उपस्थिति थियो ।

स्रष्टा श्रेष्ठको पहिलो गीतिएल्बम् ‘बाटो हिँड्दा’ र पहिलो गीतसंग्रह ‘मनको आकाश’-२०७७ सार्वजनिक भएका थिए । गीतसंग्रह ‘मनको आकाश’ गीतकार संघ नेपालको वर्ष गीत पुस्तक पुरस्कार २०७७ बाट समेत पुरस्कृत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?