काठमाडौं । भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पार्नुभएको हो । उहाँले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल हुनुभएको छ ।
यही मिति २०७९ भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जित्नुभयो । यसैगरी ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफीसमेत जित्नुभयो । स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरूमा ६२ केजी तौलमा मुकेश लुइँटेल, ६४ केजी तौलमा जयराम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहनुभएको छ ।
भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र इन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो । उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पार्नुभएको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम व्यवस्थापकमा कसिकुमारी क्षेत्री रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच