‘होडिङ बोर्ड विज्ञापन ठेक्का प्रथा रोकिन्छ’

Read Time = 2 mins

काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनका लागि हुने ठेक्का प्रथा रोक्ने तयारी भइरहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रियामा उहाँले स्थलगत विज्ञापनका लागि अझै पनि ठेकेदारी प्रचलन रहेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानुन बनाएर लागू गर्ने बताउनुभएको हो ।

होडिङ बोर्ड विज्ञापनमार्फत् उठ्ने राजस्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापनबापतको राजस्व ठेकेदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको उहाँको भनाइ छ । विज्ञापनको राजस्व उठाउने अधिकार स्थानीय स्वायत्त ऐनले स्थानीय सरकारलाई दिए पनि ठेकेदारहरूले उठाइरहेको भन्दै अध्यक्ष हुमागाईंले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वय कमीले आचारसंहिताले समेट्न नसकेको बताउनुभयो । उहाँले बोर्डले यस वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । डिजिटल मिडिया व्यवस्थापनका लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोक्ताको ठूलो सहयोग भए पनि सरकारी कर्मचारीकैै असहयोग रहेको उहाँको भनाइ छ ।

लक्ष्मण हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत् भुक्तानी गर्न पाउने गरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताउनुभयो । साथै उहाँले विदेशी विज्ञापन तत्काल नियन्त्रण गरिने भन्दै डबिङ विज्ञापन बोर्डले रोकेको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?