डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भयो : एमाले

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताउनुभएको हो । काठमाडौंमा डेंगु फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ ।

एमालेले डेगुबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । डेंगुको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरिएको छ । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन, हजारौँको संख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्’, विज्ञप्तिमा भनिएको छ । स्वास्थ्यकर्मीसमेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै बजारमा सिटामोलको समेत अभाव भएको भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?