रुकुम पूर्वमा बस दुर्घटना, आमा-छोरासहित ५ जनाको मृत्यु, १२ घाइते

हिमालय टाइम्स
Read Time = 3 mins

रुकुम पूर्व । रुकुम पूर्वमा बस दुर्घटनामा आमा छोरा सहित ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परि बस चालक रामेछाप जिल्लाका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षिय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षिय साइमान खड्का र १९ वर्षिया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १३ का ३५ वर्षिय डम्बर नेपालीलाई कोहलपुर पठाईएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । दुर्घटनामा परि अन्य ८ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरुमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ का ६१ वर्षिय मोहन बुढा, रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ११ का २१ वर्षिय घमण्ड खड्का मगर, गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय किसान क्षेत्री, रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ५ का २५ वर्षिय खमेन्द्र बढाु, भूमे ३ का ३२ वर्षिय शक्ति पुन, पुथाउत्तरगंगा गाउँपालिका ११ का २२ वर्षिय भरत बुढा, भूमे गाउँपालिका ५ का १९ वर्षिय सुवर्ण बुढा र बाग्लुङको बुर्तिबाङ नगरपालिका १ का १८ वर्षिय सुनिल पौडेल रहेको प्रहरीको भनाई छ । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?