एनसेलको इण्डिया भ्वाइस प्याक

Read Time = 1 min

काठमाडौं । एनसेलका ग्राहकले अब सुलभदरमा भारतमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चाडपर्वका अवसरमा तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । भारत कल गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन, सात दिन वा २८ दिन समयावधिको प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक दिनको भ्वाइस प्याकअन्तर्गत करसहित ५५ रुपैयाँमा भारत कल गर्न १५ मिनेट टक टाइम पाइनेछ । त्यस्तै, सातदिने भ्वाइस प्याकअन्तर्गत दुई सय ४९ मा भारत कल गर्न ७० मिनेट टक टाइम प्राप्त गर्न सकिनेछ ।

आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकले दुई सय १५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित सात सय ४९ रुपैयाँमै सुचारु गरी सुलभदरमा भारतमा कल गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?