कामनाद्वारा मन्दिरलाई सरसफाइ सामग्री

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको मैतिदेवीस्थित मैतिदेवी मन्दिरलाई शुक्रबार सरसफाइसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातावरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले वडा नंं. ३० का वडाध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दलबहादुर कार्कीलाई उक्त सरसफाइ सामग्री हस्तान्तरण गर्नुभएको हो । साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनले डिजिटल माध्यममार्फत् सहज तरिकाले दान प्रदान गर्न सकून् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्ससमेत प्रदान गरेको छ । सो अवसरमा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समिति सदस्य रमेश खड्गीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?