‘प्रेमगीत-३’ को एक सातामा नेपालमा आठ करोड रुपैयाँ ग्रस कलेक्सन

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘प्रेमगीत-३’ ले एक सातामा नेपालमा झण्डै आठ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार चलचित्रले प्रदर्शनको पहिलो साता नेपालमा सात करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

चलचित्रले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रबार दुई करोड पाँच लाख, शनिबार दुई करोड २२ लाख, आइतबार ९५ लाख ५० हजार, सोमबार एक करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीबार ५३ लाख कमाइ गरेको निर्माता एवं निर्देशक सेनले जनाउनुभएको छ । नेपालमा नेपाली र हिन्दी संस्करणले उक्त कमाइ गरेको हो ।

हिन्दी संस्करण भने नेपालमा सोमबारदेखि प्रदर्शनमा आएको हो । सेनका अनुसार भारतमा पहिलो साता फिल्मले तीन करोड ४४ लाख भारु कमाइ गरेको छ ।

ओभरसिज (नेपाल र भारतबाहेक) चलचित्रको कमाइ ६.२१ करोड भारु रहेको निर्माता सेनले बताउनुभएको छ । चलचित्रले विश्वभरबाट एक सातामा २३ करोड बढी नेपाली रुपैयाँ कमाइ गरेको हो । ‘प्रेमगीत-३’ मा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा हुनुहुन्छ । यो चलचित्र शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?