युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर : रासस/एपी

Read Time = 2 mins

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो । यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई चेतावनी दिँदै समय घर्किंदै गइरहेको चेतावनी दिनुभयो ।

‘युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौं’, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भन्नुभयो । ‘हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ’, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।

उहाँले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गर्नुभयो । ‘सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रूर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ’, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भन्नुभयो, ‘खेल बन्द गरौं र युक्रेनलाई सहयोग गरौं ।’ तर, अधिकांश विधायकले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् । युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?