अन्तिम खेलमा पनि नेपालको हार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आइतबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४-२ गोलअन्तरले पराजित भयो ।

नेपालले अन्तिम १० मिनेटमा २ गोलको सामना गरेको थियो । चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले १-१ गोल गर्नुभएको थियो । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धनसिंह विकले गोल फर्काउनुभएको थियो । चिङले तेस्रो मिनेटमा गोल गर्दै चाइनिज ताइपेलाई अघि बढाउनुभयो ।

प्रशान्त लक्षमले १० औं मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । रिबाउन्डमा प्राप्त बलमा उहाँले गोल गर्नुभएको हो । छनोटमा नेपालको यो पहिलो गोल हो । २८ औं मिनेटमा कर्नरमा आएको बललाई याउले हेडमार्फत गोल गर्दा चाइनिज ताइपे पहिलो हाफमा २-१ ले अगाडि बढाउनुभएको थियो । ६१ औं मिनेटमा धनसिंहले नेपालका लागि बराबरी गोल फर्काउनुभयो ।

विपक्षी खेलाडीलाई फाउल हानेका कारण दीपक थापा मगर दोहोरो पहेलो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भएका थियो । त्यही फाउलमा प्राप्त फ्रिकिकमा थिङले गोल गर्दा ताइपे ३-१ ले अघि बढ्यो । अन्तिम मिनेटमा चिङले गोल गर्दै ताइपेको जित सुनिश्चित गर्नुभयो ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३-० र आयोजक भियतनामसँग ५-० ले पराजित भएको थियो । यसअघि नै दुबै देश समूह एफको छनोट चरणबाटै बाहिरि सकेका छन् । यस समूहबाट भियतनाम र थाइल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?