विराटनगर महानगरमा प्रमुख पदमा कोइरालाको अग्रता

Read Time = 2 mins

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ ।
साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिनुभएको छ ।
मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा (एमाले)का सागर थापाले २९६, राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले १११ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले ३४५, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले १९८, राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९२, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६१ मत प्राप्त गर्नु भएको छ । कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?