रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको वृहत् खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व जमाएका छन् । मधेश प्रदेशसहित लुम्बिनी प्रदेशकै पहलमानहरुको सहभागीता रहेको प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व देखाएका हुन् ।
रोहिणी-३ स्थित धकधईमा मंगलबार र बुधबार भएको प्रतियोगितामा पहलमान सँगै दर्शकको उत्साहजनकउपस्थिति रहेको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले वताउनु भयो । तराई मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिका बाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयाे । कुस्ती प्रतियोगिता मार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य समेत रहेको उहाँले वताउनु भयो । आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने उहाँको भनाई छ ।
प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम भएका छन् । उनले भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गर्दै प्रथम भएका हुन् । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमान दोस्रो भएका छन् । जितेन्द्रले भारत हरियाणाका भीम पहलमानलाई पराजित गरेका थिए । प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलवान तेस्रो भएका छन् । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १हजार १ सय ११, दोस्रो हुनेलाई रु. ५० हजार ५ सय ५५, तेस्रोलाई रु. २५ हजार २ सय २५ र सान्त्वना हुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले वताउनु भयो । त्यस्तै निर्णायकको निर्णय अनुसार पहलमानहरुलाई प्रोत्साहन वापत साइकल र टेलिभिजन प्रदान गरिएको क्षेत्रीले वताउनु भयो।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका पहलमानहरुको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले वताउनु भयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहितअन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको वताउनु भयो । उहाँले आगामी दिनमा पनि कुस्तीलगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने वताउनु भयो । उहाले, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको वताउनु भयो । २ दिन सम्म चलेको प्रतियोगीतामा भारत र नेपालका गरि ५० भन्दा बढी पहलवानहरुकाे सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच