काठमाडौं महानगर : बालेन साहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता दोब्बरले बढाउनु भएको छ । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेन साह दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउँदै आउनु भएको एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याउनु भएको छ। गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा लिनु भएको छ। उहाँलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याउनु भएको छ। हलो चिन्हले हलो ५२१ मत पाएको छ ।

मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २२१ मत पाएका छन् ।

उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?