घोषणापत्रमा निजी शिक्षालय नसमेटेको गुनासो

Read Time = 2 mins

काठमाडौं । नेसनल प्याब्सन केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक कात्तिक १८-१९ मा तनहुँको दमौलीमा तनहुँ जिल्ला समितिको आतिथ्यतामा सम्पन्न भएको छ । राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले बैठक उद्घाटन गर्दै संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउँदै शैक्षिक, आर्थिक र सांगठनिक नीति स्पष्ट तथा पारदर्शी बनाइने बताउनुभयो ।

पालिका, जिल्ला, प्रदेश र केन्द्रबीचको सम्बन्ध, कार्यनीति, नीति समयानुकूल बनाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अध्यक्ष ठकुरीले आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको आगामी कार्यक्रम र घोषणापत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालय सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएकाले निजी शिक्षालयमैत्री कार्यक्रम समेट्न सबै राजनीतिक दललाई सुझाव दिइएको जानकारी गराउनुभएको थियो ।

संगठनका उपाध्यक्षहरूलाई अघिल्लो बैठकले विभिन्न विभागको जिम्मेवारी प्रदान गरेकोमा सोहीअनुसार उपाध्यक्ष एवं विभागका प्रमुखहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । नेसनल प्याब्सनको २५औँ स्थापना दिवस पुस २७ गते भव्यरूपमा मनाइने निर्णयसमेत भएको नेसनल प्याब्सनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?