नेपालगञ्जमा बम विस्फोट, एक जना घाइते

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । बाँकेको नेपालगञ्जमा बुधधबार राति बम विस्फोट भएको छ । नेपालगन्ज उपमहानगरपालिका- १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट भएको हो।

नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष डिल्लीबहादुर डिसी क्षेत्री र कार्यकर्ता धर्मराज सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । घाइते दुबै जनको भेरी अस्पतालना उपचार भैरहेको छ ।

घटनामा संलग्न अन्य दुई जना फरार छन् । घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?