नेपाल-कोरिया मैत्री अस्पताललाई कोरियाको सहयोग

Read Time = 1 min

भक्तपुर । नेपाल-कोरिया मैत्री अस्पतालको पूर्वाधार तथा जनशक्ति विकासका लागि कोरिया सरकारले ९० लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । मध्यपुर ठिमीस्थित अस्पतालमा गुणस्तरीय व्यवस्थापन, संक्रमण नियन्त्रण, जनस्वास्थ्य बीमाका लागि खर्च गर्ने योजना रहेको कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले जनाएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र कोइकाका नेपाल निर्देशक संघोन कोले हस्ताक्षर गर्नुभएको छ । कोरियाले कोइकामार्फत् सन् १९९१ देखि नेपालको स्वास्थ्य व्यावसायिक तालिम, ग्रामीण विकास तथा सूचना प्रविधि क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?