विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसका उम्मेदरवार शेखर कोइराला विजयी हुनुभएको छ ।
उहाँ आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी हुनुभएको हो ।
कोइरालाले ३५ हजार २ सय १३ मत ल्याउनुभयो । उहाँका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गर्नुभयो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाउनुभयो भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाउनुभयो ।
२०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराउनुभएको थियो । उहाँहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच