प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा सिनियर र जुनियर ब्वाइजतर्फ चैतन्यको अग्रता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चैतन्य संस्कार शिवालयले ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा चैतन्यले अल्वर्टमाथि १८-९ को फराकिलो जित हात पारेको हो ।

सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा एसियन पब्लिकले लिटिल फ्लावरलाई १८-६, लिभरपुलले सूर्योदयलाई २४-१७, हेम्सले सुप्रिमलाई ३५–५, एआईएले सनसाइनलाई ३९-१० र स्याङ्गल बोर्डिङ स्कुले इलाइट ग्रान्डलाई १७-६ ले हराए ।

जुनियर ब्वाइजमा पनि चैतन्यले जित हात पारेको छ । चैतन्यले एसियनलाई १७-२ ले पाखा लगाउँदा सूर्योदयले लिटिल फ्लावरलाई २४-४ को सेटमा हरायो । सिनियर गल्र्समा श्रृजनशिलले अल्वर्टमाथि ४-१ को जित निकाल्यो । खेल तीन क्याटागोरिमार्फत् खेलाइएको छ । जसमा ब्वाइजतर्फ सिनियर र जुनियर र गल्र्सतर्फ सिनियरमात्र रहेका छन् । आइतबारबाट सुरु भएको खेल आठ दिनसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?