‘गुञ्जन’ को ‘सास चल्छ’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । यही पुस २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर, कर्णराज कार्कीको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेञ्चुरीको रोमान्स देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमराजसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । विगत दुई दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आउनुभएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको हो ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र एएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्र सेन्सर पाससमेत भइसकेको छ । ‘गुञ्जन’ लाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको छ ।

विशुद्ध प्रेमकथामा निर्माण भएको चलचित्र काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन भएको हो । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत राखिएको यो चलचित्रको वितरण काठमाडौंमा जिजिए ग्रुप र काठमाडौंबाहिर एफडी कम्पनीले गर्दै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?