लुम्बिनीका थप दुई शाखा र एक्सटेन्सन काउण्टर

Read Time = 2 mins

काठमाडौं । लुम्बिनी विकास बैंकले सोमबार थप दुई शाखा कार्यालय तथा एउटा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । ८७औँ शाखा ललितपुरको महालक्ष्मी नगरपालिका १ स्थित इमाडोल शाखामा, ८८औँ शाखाका रूपमा भक्तपुर नगरपालिका १० स्थित कमलविनायक शाखा र गोदावरी नगरपालिका ५ स्थित लेले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

इमाडोल शाखा उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठले संयुक्तरूपमा गर्नुभयो भने कमलविनायक शाखा बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

लेले एक्सटेन्सन काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालले संयुक्तरूपमा गर्नुभएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?