सुष्मा र सोनमलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । मलेसियाको प्याङकोर आइल्याण्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । यसैगरी सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पार्नुभएको हो ।

प्रतियोगितामा नेपालले सात स्वर्ण र चार रजत पदक जितेको छ । सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पार्नुभएको हो । यस्तै, मोहमद उमर खान र सुनिता विष्टले पेयर पुम्से तथा सक्षम चौधरीले एकल पुम्सेमा स्वर्ण पदक पक्का गर्नुभएको थियो ।

प्रतियोगितामा जाइनाब खातुनले एकल पुम्से, अब्बास खानले ग्योरोगीको ६८ केजी तौल समूह, सुनिता विष्टले एकल पुम्से र मोहमद उमर खानले पनि एकल पुम्सेमा रजत पदक जित्नुभएको थियो । सन्तोष भट्टको नेतृत्वमा मलेसिया पुगेको नेपाली टोलीको प्रशिक्षकको भूमिका भने रोशन खानले निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा १० जना खेलाडी सहभागी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?