काठमाडौंको ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Time = 1 min

काठमाडौं । काठमाडौंको ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

सितापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?