भरतपुर महानगर अपडेट : रेणुको फराकिलो अग्रता, पछ्याउँदै सुवेदी

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लानुभएको छ ।

शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राख्नुभएको छ। उहाँलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहनु भएको छ ।

रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्यारहनु भएको छ ।

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?