बंगलादेशमा नेपाल जितविहीन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेशमा भएको काभा २३ वर्षमुनिको अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहँदँ चौथो स्थानमा रहेको छ । बंगलादेशको ढाकामा तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले नेपाललाई ३-२ को सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।

खेलको पहिलो सेट २५-२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलंकामाथि दोस्रो सेट २५-१९ ले जित्यो । त्यस्तै, खेलको तेस्रो सेट श्रीलंकाले २५-१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।

नेपाल २५-२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलंकाले १५-१० ले आफ्नो पक्षमा पारेपछि श्रीलंकाको जित पक्का भयो । यस जितसँगै श्रीलंका भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?