लिंगको अर्बुद

✍️प्रा.डा.अर्जुनदेव भट्ट

विषय प्रारम्भ
लिंगमा सुरुवात भएका कत्ला सल्कम (Squamous Cell Carcinoma) वा अरू अंगमा देखापरेको तर स्थलान्तरण भएर आएका (Metastatic Tumor) हुन सक्छन् भने पुरुषमा देखापर्ने अर्बुदको एक प्रतिशत मात्र लिंगमा पाइन्छ ।

यो रोग ६० देखि ८० वर्षका वृद्धमा अग्रचर्म नखुल्ने समस्या सबैभन्दा बढी हुन्छ । अग्रचर्म छेदन गरिएका पुरुषमा प्रायः लिंग अर्बुद देखिँदैन । यद्यपि अग्रचर्म नखुल्ने कुनै पनि पुरुषको लिंगमा अर्बुद विकसित हुन सक्ने भएकाले शल्यक्रिया खतना गरेर संक्रमण र अर्बुद रोक्ने प्रयत्न गर्नुपर्छ ।

लिंग अर्बुदको कारण
लिंगमुण्ड तथा अग्रचर्मको भित्री भागको सफाइ पूर्णमात्रामा गर्न नसक्नु र अग्रचर्म खुल्दै नखुल्ने वा पूर्णरूपमा नखुल्ने पुरुषको विभिन्न संक्रमण खास गरेर मान्छेको पापिलोमा भाइरस र स्मेग्मा भन्ने अर्गचर्मले बनाउने पदार्थकै उत्तेजना तथा बिझेर हुने खसखसाहटले लिंग अर्बुदको उत्पत्ति गर्ने कारण हुन्छ । त्यसैगरी सूर्तीजन्यपदार्थको सेवन पनि यो रोगको कारण हुन्छ । लिंगमुण्डशोथ र त्यसको सुख्खापना अग्रचर्म मुण्डमा देखिने राता मखमली घाउ मुसाजस्ता मासुका डल्लो उम्रेका विभिन्न क्यान्सर अगाडिका अवस्थाले पनि यो रोगको कारण हुन सघाउँछ ।

रोग निवारण
जुनसुकै उमेरको पुरुषमा भए पनि अग्रचर्म नखुल्ने, लिंगमुण्डबाट फोहोर तथा दुर्गन्ध आउने र केही उम्रेको देखापरे क्यान्सरको शंका गर्नुपर्दछ । यस्ता बिरामीको खतना गरेपछि निकालेको भाग तन्तुजाँचको निम्ति पठाउनुपर्छ ।
खतना गर्दा लिंगमुण्ड वा घेरामा कतै रातो घाउ देखापरे पनि तन्तुजाँचका लागि पठाउनुपर्छ । त्यसैगरी काछमा साह्रो नदुख्ने वा दुख्ने गिर्खा देखापरे त्यसको तन्तुजाँच अनिवार्य गराउनुपर्छ र मूत्रथैली, प्रोष्टेट, मलद्वारजस्ता ठाउँमा क्यान्सर हुनेको लिंगमा कुनै गिर्खा देखिए स्थालान्तरण गरेको क्यान्सरको शंका लिएर तन्तुजाँच गर्नुपर्छ ।

अग्रचर्मलाई नखुल्ने अवस्थामा हुन नदिन हरेक पुरुषले सतर्क हुन संक्रमण तथा लिंग क्यान्सरबाट जोगिने महŒवपूर्ण कदम हो । त्यसका सार्थ सूर्तीजन्यपदार्थबाट अलग हुनु भनेको फोक्सो, मूत्रथैली, मृगौला तथा लिंग क्यान्सरबाट समेत जोगिने उपाय हो । यदि लिंगमा घाउ खटिरा इत्यादि देखापरे विनासंकोच चिकित्सकलाई समयमै देखाउनु उपयुक्त हुन्छ ।

अरू सम्भाव्य जाँच
छातीको एक्से-रे अनिवार्य गर्नुका साथै रगतमा सम्पूर्ण जाँच गर्दा क्यालसियम र लिभर फङ्सन परीक्षण पनि गर्नुपर्छ । त्यसैगरी शरीरको विभिन्न भागको सिटिस्क्यान गर्नुपर्ने हुन सक्छ ।

उपचार तथा व्यवस्थापन
रोगको गाम्भीर्यता, अनभिज्ञता, लाज शरम, डर, वास्ता नगर्ने बानी तथा लोकाचार, यौन सहभागीको अज्ञानता जस्ता विभिन्न कारणले गर्दा रोगको सुरुवाती अवस्थामा बिरामीले प्रायः समस्या देखाउँदैनन् । यसकारण ढिलो आउने बिरामीमा संक्रमणले गर्दा पीप, रगत तथा दुर्गन्धित फोहर देखेपछि सर्वप्रथम प्रतिजैविक उपचार सुरु गरिहाल्नुपर्दछ । त्योबाहेक मेट्रोनिडाजोल वा अर्नीडाजोल पनि दिनुपर्छ । प्रायः मधुमेह भएका बिरामीलाई ढुसीविरुद्ध औषधि समावेश गराउनुपर्ने हुन्छ ।

काछका लिम्फ गिर्खा ठूला र दुख्ने अवस्थामा प्रतिजैविक उपचार फराकिलो वर्णक्रम को ४ देखि ६ हप्तासम्म प्रयोग गर्नुपर्ने हुन्छ । खतना गरेपछि अर्बुदको दुई सेन्टिमिटर परसम्मै शल्यविधिबाट निकाल्नुपर्छ । प्रायः शल्यक्रिया आंशिक वा पूर्णरूपमा लिंग निकालेर गरिन्छ । यस रोगमा मूत्रनलीको बाहिरी छेद गुदद्वारको केही माथि पेरिनियममा निकालिन्छ भने प्रतिजैविक उपचारको लामो समयपछि काछका गिर्खा नहराए वा ज्यादै सानामा परिणत नभए सम्पूर्ण शल्यविधिबाट निकालिन्छ । यदि बिरामी ज्यादै नाजुक भए लिम्फनड विकिरण वा किमो उपचारबाट पनि गर्न मिल्छ । यद्यपि शरीरको विभिन्न भागमा अर्बुद फैलिएको अवस्थामा भने किमो उपचारको प्रयोग हुन्छ ।

थप ध्यान दिर्नुपर्ने कुराहरू
माथि उल्लेखित अर्बुद अगाडिका अवस्था र लिंग क्यान्सरबाहेक अरू पनि थुप्रै प्रकारका अर्बुद रोगहरू छन् । सारकोमा र मेलानोमा दुई प्रकारका समयमै निवारण भए सफल उपचार हुनसक्छ । समयमै थाहा नभएको मेलानोमा ज्यादै आक्रामक हुन्छ ।
बिरामीले अग्रचर्म खुल्नुपर्ने समयमा नखुले कुनै पनि हालतमा त्यसलाई वास्ता नगरेर बस्नु हुन्न । धेरै वर्षसम्म खुलेका अग्रचर्म तर पछि गएर नखुल्नेमा परिणत भए त्यसलाई शल्यविधिबाट सफामैत्री र क्यान्सरबाट बढी सुरक्षित पार्न चुक्नुहुन्न ।

निचोड
अग्रचर्मलाई नखुल्ने अवस्थामा हुन नदिन हरेक पुरुषले सतर्क हुन संक्रमण तथा लिंग क्यान्सरबाट जोगिने महŒवपूर्ण कदम हो । त्यसका सार्थ सूर्तीजन्यपदार्थबाट अलग हुनु भनेको फोक्सो, मूत्रथैली, मृगौला तथा लिंग क्यान्सरबाट समेत जोगिने उपाय हो । यदि लिंगमा घाउ खटिरा इत्यादि देखापरे विनासंकोच चिकित्सकलाई समयमै देखाउनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?