१८ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का भीम बहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले शुक्रबार पक्राउ गरेको हो ।

घटनापछि लुकीछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ ।

प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रुपन्देही प्रहरी नायव निरीक्षक किरण केसीले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?