सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदैछ ।

प्रदेश सभाको सभामुख छान्न आज बिहान ९ बजे निर्वाचन तोकिएको छ । लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदैछ ।

बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो। सुदूरपश्चिम सभामुखमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।

प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ। पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?