भारतको सर्वोचच अदालतद्वारा यौनकर्मीको कामलाई वैधानिकता

Read Time = 1 min

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले यौनकर्मीको कामलाई वैधानिकता दिएको छ । सर्वोच्चले सबै राज्य र केन्द्र शासित राज्यका प्रहरीलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न आदेश दिएको हो । बालिग भएका र सहमतिमा यौन व्यवसाय गर्ने महिलामाथि अपराधिक कारबाही गर्न नहुने अदालतको ठहर छ ।

यौनकर्मीमाथि प्रहरीबाट हुने ज्यादतीलाई लिएर दायर भएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । यौन व्यवसाय गर्नेहरू पनि सम्मान र समान सुरक्षाको हकदार भएको अदालतको ठहर छ ।

‘यस देशका हरेक नागरिकलाई संविधानको अनुच्छेद २१ अनुसार सम्मानजनक जीवन बाँच्ने अधिकार छ । यौनकर्मीलाई गिरफ्तार गरी दुःख दिने काम नगर्नू । आफ्नो इच्छामा यौनकर्मी बन्नु अवैध होइन, केवल वेश्यालय चलाउनु गैरकानुनी हो,’ सर्वोच्चले भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?