जेठ २० मा फोनपे डिजिटल इकोनोमी कन्क्लेभ

Read Time = 2 mins

काठमाडौं । फोनपे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते कन्क्लेभ आयोजना हुने कम्पनीले जनाएको छ ।

कोरोनापछि नेपालीहरू डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीबारेमा सबै सरोकारवालासँग बृहत् छलफल हुनेछ ।

कन्क्लेभको मुख्य उद्देश्य कोरोना प्रभावबाट सामान्यीकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ ।

कन्क्लेभमा विभिन्न चारवटा सत्रमा बृहत् अन्तरक्रिया र बहसका साथै दक्षिण एसिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?