काठमाडौं । कवि वसन्त चौधरीले ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को छेको पारेर एकल कविता वाचन गर्ने हुनुभएको छ । एकल वाचनका अवसरमा कवि चौधरीका दुई कृति ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवन मन्त्र-२’ (सुक्ति संग्रह)समेत लोकार्पित गरिने भएको छ । ‘कवितासँग वसन्त’ शीर्षककासाथ एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ ।
वसन्तले फागुन २ गते अपराहृन राजधानीस्थित मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कविता वसन्तले वाचन गर्ने जनाइएको छ । सो अवसरमा कवि चौधरीले एकदर्जनभन्दा बढी प्रेमिल कविताहरू प्रस्तुत गर्नुहुने जनाइएको छ । केही वर्षअघि उहाँले नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गर्दै विभिन्न देशमा पुगेर प्रेमिल कविता प्रस्तुत गर्नुभएको थियो ।
कवि चौधरीका एकदर्जन कृतिहरू प्रकाशित छन् । कवि तथा गीतकार चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि चर्चित हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच