सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुधबार राति ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

ग्याँस लिक भएपछि घाइते हुनुभएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुँदै किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उहाँका आमामा ७० प्रतिशत भाग जलेको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५-३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिनुभयो ।

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरूको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उहाँलाई भारत लैजाने तयारी भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?