ऋण पाउन नेपाललाई आइएमएफका छ शर्त

Read Time = 2 mins

काठमाडौं । नेपाल आएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को टोली र नेपालका प्रतिनिधिबीच विभिन्न सहमति भएका छन् । सहमतिअनुसार एक्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) अन्तर्गतको नेपालसँगको प्रतिबद्धताअनुसार कोषले ५२ मिलियन डलर सहुलियत ऋण उपलब्ध गराउने भएको छ । तर, उक्त ऋण सहयोगका लागि नेपालले विभिन्न छवटा शर्त पालना गर्नुपर्नेछ ।

राजस्व संकलन वृद्धि गर्न राजस्व परिचालन रणनीति तर्जुमा गर्नुपर्ने, वित्तीय जोखिम पहिचान गरी अनुगमन तथा जोखिम व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने, सरकारी खर्चको प्रभावकारिता र पारदर्शिता कायम गर्नुपर्ने, बैंकिङ नियमन र सुपरीवेक्षणमा निरन्तर सुधार गर्नुपर्ने, उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासअनुरूप नेपाल राष्ट्र बैंकको ऐन परिमार्जन गरी राष्ट्र बैंकको सुशासन थप बलियो बनाउनुपर्ने र एसिया/प्यासिफिक समूहद्वारा सम्पत्ति शुद्धीकरणका लागि सिफारिस गरिएका विषयलाई कार्यान्वयन गर्नुपर्नेछ । साथै नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रशंसा गर्दै त्यसले मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्‍याउने पनि आइएमएफले उल्लेख गरेको छ ।

जाक्कों तुरुनेन नेतृत्वको आइएमएफ आर्टिकल फोर मिसनले फेब्रुअरी १५ देखि २८ सम्म काठमाडौं भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्र बैंकका उच्च अधिकारी, नेपालस्थित वैदेशिक विकास साझेदार तथा नेपालका व्यवसायीसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?