कुटुम्ब ब्याण्डद्वारा विद्यार्थीलाई सहयोग प्रदान

Read Time = 1 min

काठमाडौं । प्रसिद्ध सांगीतिक समूह कुटुम्ब र इन्टरनेशनल साउण्ड सर्भिसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग प्रदान गरेका छन् । उक्त विद्यालयका एक सय १७ विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेसनरी प्रदान गरेको हो ।

वडाध्यक्ष कुबेर ढकालको उपस्थितिमा कुटुम्ब ब्याण्डतर्फबाट तबलावादक पवित महर्जन र इन्टरनेशनल साउण्ड सर्भिसतर्फबाट सुरेश शाक्यले संयुक्तरूपमा विद्यालयका प्रधानाध्यापक सीताराम लामालाई सामानहरू हस्तान्तरण गरेको बताइएको छ ।

कुटुम्बको स्कुल टु स्कुल कार्यक्रमअन्तर्गत सहयोग सामग्री प्रदान गरिएको ब्याण्डका पवित महर्जनले बताउनुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई अध्ययन सामग्री प्रदान गरिएको इन्टरनेशनल साउण्ड सर्भिसका सुरेश शाक्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?