रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी हुनुभयो। उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याउनु भयो ।
यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी हुनु भएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिबाट बमबहादुर तामाङले जित्नुभएको थियो । यस पटक उहाँ कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर