झपड रावलको मन्त्रीलाई चेतावनी: लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस्

Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।

प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उहाँले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिनुभयो ।

बैठकमा सांसद रावलले भन्नुभयो, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ । अर्को दिन त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् भन्नेकुरा पनि यहीँबाट खबरदारी गर्न चाहान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?