काठमाडौं । साहित्यकार तथा गीतकार हरि उप्रेतीको नयाँ गीत ‘खोली बगर...’ सार्वजनिक भएको छ । जयश तमाङको स्वर, दिवान किनारको संगीत रहेको स्टुडियो छायांकन गीतको भिडियो सार्वजनिक भएको हो ।
नवराज खडकाको रेकडिङ रहेको गीत सारेगम स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियो हरि उप्रेतीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् ।
उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच