आईजी नियुक्ति विरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

हेर्दा हेर्दैमा रहेको उक्त मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ थालेको हो। सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

एआईजी पोखरेलले आफूभन्दा १७ महिना जुनियर सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?