बोक्सी आरोपमा महिलामाथि कुटपिट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

बारा । बाराको पचरौता नगरपालिका-५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ ।

अन्सारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अन्सारी, फुलमहमद अन्सारी, तबरेज अन्सारीसहितको समूहले आफूमाथि कुटपिट गरेको उहाँले बताउनुभयो ।

उनीहरूले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन जानुभएकी उहाँकी भाउजू सकिना खातुनसमेत लाई कुटपिट गरी घाइते बनाइएको छ । घाइते दुवैजनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिटगर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?