किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् ।
उनले बुधबार नेटोको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरे ।
जेलेन्स्कीले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए । राष्ट्रपति जेलेन्स्कीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताए ।
युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याएका थिए ।
जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले 'पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने' घोषणा गरेका थिए।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको परिवारलाई रुसले रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ ।
नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए।
उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताए।
रुसको म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । उक्त सम्मेलन जारी रहेको बताइएको छ ।
-एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच