रुपन्देहीमा हतियार सहित ३ जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका ६ बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।

उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो ।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?