हलिउड स्टार जेम्स कानको निधन

Read Time = 2 mins

एजेन्सी/हलिउड स्टार जेम्स कानको निधन भएको छ । चलचित्र ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो । मिडिया रिपोर्टका अनुसार कानका परिवारबाट सामाजिक सञ्जालमार्फत उहाँको निधनको खबर बाहिर आएको हो ।

पोष्ट शेयर गर्दै कानका परिवारले लेख्नुभएको छ, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं । ६ जुलाईमा कानको निधन भएको छ ।’ पोष्ट सार्वजनिक पछि कानका फ्यान र सम्पूर्ण उद्योगका साथीहरूले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

कानको पूरा नाम जेम्स एडमण्ड कान हो । उहाँले १९६३ मा आएको चलचित्र ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उहाँले थुप्रै चलचित्र अभिनय गर्नुभएको छ ।

कान त्यस्तो अमेरिकी अभिनेता हुनुहुन्छ, जसले चार गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको थियो । उहाँले चार विवाह गर्नुभएको थियो । जसबाट पाँच सन्तान हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?