के गाउँ के शहर, किशोर अवस्थादेखि नै विदेश जाने रहरको बीजारोपण हुनु सामान्य बनेको छ । सिंगो देश युवाविहीन हुने दिशातर्पm तीव्र गतिमा अगाडि बढिरहेको छ । कैयौं जिल्लाका अनेक गाउँघरमा युवाको खडेरी छ । गाउँ युवाविहीन हुँदा लास बोक्नेसमेत मान्छे छैनन् वा मलामीको अभाव जस्ता शीर्षकको समाचार समय–समयमा प्रकाशन हुने गरेका छन् ।
यो कटु यथार्थले कतै नेपाल वृद्धाश्रममा परिणत भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न खडा भइरहेको छ । वृद्धाश्रम पनि कस्तो जहाँ केवल पीडा छ, आर्तनाद छ र छ आफन्तबाट तिरस्कृत–बहिष्कृत भएको असीम छटपटी । यस पंक्तिकारले हालै एक वृद्धाश्रममा गई वयोवृद्ध एक आमालाई भेट्यो । उनी समक्ष जिज्ञासा राख्यो–‘आमा, तपाईंको कोही नभएर यहाँ आउनुपरेको हो ?’ ती आमाले सुस्केरा हाल्दै भनिन्–‘मेरा तीन छोराहरू छन् । दुईजना विदेशमा र एउटा यहीँ काठमाडौंमै छ । सबै धनीमानी छन् तर मेरो हालखबर लिन कहिल्यै पनि कोही आउँदैनन् ।’
‘छोरी छैनन् ?’ भन्ने प्रश्नमा उनले अपसोच गर्दै भनिन् ‘छोरी भइदिएको भए त मलाई वृद्धाश्रममा बस्नै दिने थिइन । यहाँ धेरैजसो छोरी नभएकैहरू छन् ।’ छोरी जन्मँदा बिस्मात् गर्ने दम्पतीहरूका लागि ती आमाको छोरीप्रतिको अटल विश्वास एउटा गतिलो पाठ हुनसक्छ । जुन बाबु–आमाले जिन्दगीभरि दुःख–कष्ट अभावमा आपूmलाई राखेर पनि सन्तानलाई सुख दिन हरसम्भव प्रयास गरे, आफ्नो बुढेसकालका लागि जोहो गरेको गास–बास पनि सन्तानका ठूलाठूला आकांक्षा पूरा गर्न होमिदिए तिनै बाबु-आमालाई वृद्धाश्रममा अरूको दया–मायाको भरमा पठाउने कृत्यलाई कुनै पनि तर्क अगाडि सारेर उचित ठहराउन सकिँदैन ।
बिहे भएको केही वर्षमै बाबु–आमाको उपस्थितिलाई आफ्नो स्वच्छन्द जीवनैशली वा मोजमस्तीको बाधक ठानेर उनीहरूबाट टाढिन खोज्ने डरलाग्दो प्रवृत्तिले समाजमा जरो गाड्दै गएको छ । आफ्ना पत्नी र सन्तानको खुशी आनन्द–मनोरञ्जनतर्पm ध्यान दिनु हरेक पति र पिताको कर्तव्य हो । तर, आफ्ना माता–पिताको अपेक्षा, आशा–विश्वासलाई आहत बनाउने गरी त्यसो गर्नु न्यायोचित हुँदैन ।
विदेशको चमकदमकतर्पm आकर्षित भई नेपाल आमाको उपेक्षा गर्ने व्यवहारलाई प्राथमिकता दिनुले एक दिन सबैलाई पश्चात्ताप र कुण्ठाको आगोमा झिल्स्याउने निश्चित छ । कैयौं जिल्लामा युवा विदेश पलायन हुँदा खेतीयोग्य सयौं रोपनी जमिन बाँभैm छन् । केही युवाले विदेशको मोह त्याग गरेर स्वदेशमै विभिन्न उद्यम गरी विदेशभन्दा बढी आर्जन गरेको उदाहरण प्रस्तुत नगरेका होइनन् । तर, उनीहरूलाई अनुकरण गर्ने–गराउने उल्लेखनीय कार्य भएनन् । निश्चित रूपमा देशको राजनीतिक अवस्था अधिकांश र आआफ्नै निहित स्वार्थमा केन्द्रित राजनीतिक नेतृत्व यसकोे जिम्मेवार रहेको छ ।
देशका प्रधानमन्त्रीको छोरालाई व्यापारिक लाभ दिलाउन सिंगो आर्थिक नीतिसँग रातारात खेलबाड हुनुजस्ता घटनाले देशको दुर्दशातर्पm कसको कति ध्यान छ ? स्वतः स्पष्ट छ । सत्तारूढ होऊन् वा प्रतिपक्षी करिब–करिब सबै राजनीतिक दल तथा प्रमुख नेतामाथि ब्रहृमलुटमा संलग्न हुने गरेको आरोप लाग्नु, सर्वोच्च अदालतका न्यायाधीशबाट बिचौलियाको चलखेलमा पैmसला निर्धारित भएको जस्तो लज्जास्पद प्रसंगले देशको युवाशक्ति समक्ष चुनौती उपस्थित गर्न सक्दथ्यो । तर, प्रखर बुद्धिवालादेखि जुझारूसम्मका युवाको ठूलो संख्या विदेशिएको र विदेशिने मानसिकतामा रहेकोले यस्ता दुष्टकृत्यहरूको यथोचित समीक्षासमेत हुन सकेको छैन ।
यद्यपि विद्यमान युवाशक्तिले आफ्नो क्षमताअनुसार यसको प्रतिरोध गरिरहेको छ । अमेरिका, जापान, अष्टे«लिया, संयुक्त अधिराज्य, फ्रान्स, खाडी राष्ट्रमा गएको युवाशक्रिको अभाव यी परिस्थिति र प्रसंगमा जोसुकैलाई खट्किन सक्छ । सामाजिक सञ्जालमा उनीहरूबाट आउने गरेका आक्रोशपूर्ण अभिव्यक्तिले देशको अमनचैनमा कतैबाट पनि प्रहार हुँदा उनीहरूलाई पिरोल्ने गरेको स्पष्ट छ । समय-समय ती युवालाई आफूहरू स्वदेशमा नभएकोमा पछुतो पनि हुँदो होला र आफूहरू विदेशिनुपर्ने परिस्थिति सिर्जना गर्ने देशका हर्ताकर्ता नेताहरू रूष्ट हुन्छन् होला ।
वार्षिक रूपमै युवा नीति बनाउने प्रचलन छ । राजनीतिक, आर्थिक, सामाजिक विभिन्न नीतिलाई रोचक शब्दावलीमा प्रस्तुत गर्दै युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने प्रतिबद्धता गरिन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा पलायन हुने क्रम बढेको बढ्यै छ । नीति बनाइन्छ, कार्यान्वयन फितलो हुन्छ । यसरी नीति कर्मकाण्डीमात्रै बन्ने गरेका दर्जनौं उदाहरण छन् । देशलाई पूर्णरूपमै वृद्धाश्रम हुनबाट जोगाउन अभैm नीति निर्माताहरू जागेनन् भने निकट भविष्यमै राम राम भन्नुका अतिरिक्ति अरू केही बाँकी रहँदैन ।
संघीय, प्रादेशिक, स्थानीय सरकारका हर्ताकर्ताहरू आफ्नो परिवार, नातेदारको स्वार्थ पूरा गर्ने चिन्तनलाई त्याग्न नसके पनि शून्य दशमलव एक प्रतिशतमात्रै देश र जनताको उन्नति–प्रगतिबारे सोच्न आरम्भ गरिदिए पनि निराशाको अँध्यारो केही कम हुन्छ । उर्बराभूमि, प्रकृति प्रदत्त उत्पादनशील जलवायु रहेको नेपालका जमिन युवाको अभावका कारण बाँझो हुनु, पर्याप्त विदेशी ऋण–सहयोग लिएर पनि रोजगारीका प्रशस्त अवसर सिर्जना नहुनु जस्तो कलंक त मेटौं । युवा नै देशका मेरुदण्ड हुन् भन्ने भाषण दिँदा एकछिन त सोचौँ यस मेरुदण्डलाई राजनीतिक स्वार्थको हतियारमात्र बनाउने कि देशलाई बलियो बनाउन उपयोग गर्ने !
यस मेरुदण्डलाई कमजोर बनाउने, विदेश पलायन गर्न बाध्य बनाउने परिस्थितिको अन्त्य हुनु अनिवार्य छ । श्रम र योग्यताको उचित कदर सम्मानजनक अर्थोपार्जनका अवसर खडा गर्नेतर्फ इमानदारीपूर्वक कर्णधारहरू लागेमा यो अवश्य नै सम्भव छ । अनिमात्र नेपाल वृद्धाश्रम बन्ने खतरालाई टार्न सकिन्छ । हर्षोल्लासित, स्वस्थ, समुन्नत युवा बाहुल्यको नयाँ नेपाल बनाउने प्रतिबद्धतालाई साकार पार्नु सबैका लागि चुनौती हो ।
नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्छन् तर त्यसको आधाभन्दा बढी संख्या बेरोजगार नै रहन्छ । यसरी देशबाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १८-४० उमेर समूहका छन् । युवा रोजगारीको यस्तो डरलाग्दो तस्वीर सार्वजनिक भइरहँदा नेपालको नीतिनिर्माता र राजनीतिक समुदाय भने यसप्रति खासै चिन्तित देखिँदैन, यो निकै विडम्बनाको विषय हो । युवाको पलायन अति नै भयावह परिमाणमा पुगिसकेको छ । समस्या बजेट नभएर होइन-सोच र दृष्टिकोणमा समस्या छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच